मिस ग्रान्ड नेपालको उपाधि उरुसालाई..

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
ललितपुरको हेरिटेज गार्डेनमा शनिवार सम्पन्न दोस्रो मिस ग्रान्ड नेपाल ईन्टरनेसनल २०१८ को उपाधि काठमाडौंकी उरुसा जोशीले जितेकी छिन्।

प्रतिस्पर्धामा सहभागी अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस ग्रान्ड नेपाल ईन्टरनेसनल ’को उपाधि जितेकी हुन्।

प्रतिस्पर्धाका प्रमुख निर्णायक रामहरी सिल्वालले सोधेको–‘तपाई मिस ग्राण्ड नेपाल २०१८ को उपाधि विजेताका रुपमा नेपालको संसदमा उपस्थित भएर वर्तमान अवस्थालाई विचार गरी नेपाल र नेपालीको हकमा बोल्नु परेमा, कुन विषयमा आवाज उठाउनु हुन्छ होला र किन भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले उपाधि जितेकी हुन् । उनलाई ‘मिस ग्रान्ड नेपाल २०१७ की ’ जिनस लामाले क्राउन पहिराइदिएकी थिइन् उनले मेरो सुरक्षा – बेस्ट वाकको टाइटल समेत पाइन्।

जोशीले उपाधि जितेसँगै आगामी सेप्टेम्बरमा बर्मामा आयोजना हुने मिस ग्रान्ड ईन्टरनेसनल ’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् साथै उनले नगद पचास हजार ,सुजुकी स्कुटर पनि प्राप्त गरिन्।

प्रतियोगितामा बेस्ट पर्सनालेटीको टाइटलसंगै फस्ट रनर अपको उपाधि धरानकी इक्सा मादेनले र बेस्ट ट्यालेन्ट र बेष्ट फोटोजेनिकको टाइटलसंगै ‘सेकेन्ड रनर अप ’को उपाधि चितवनकी रिया गैरेले जितिन् । उनीहरुलाई क्रमश तीस हजार र बीस हजार प्राप्त गरे।

त्यस्तै बेस्ट फिगर र बेस्ट स्पीच ललितपुरकी सुष्मिता तामाङ ,बेस्ट मल्टीमेडिया चितवनकी संजिता रानाभाट ,बेस्ट रिपोर्ट राईटिंग काठमाडौँकी सारा कपालीले हात पारिन्।

आर के ईन्टरटेनमेन्ट ग्रुपले आयोजना गरेको यस बर्षको ‘मिस ग्रान्ड नेपाल २०१८’मा हिसानका महासचिव रामहरी सिल्वाल , मिस नेपाल २००० उषा खड्की , चर्चित नायिका निता ढुंगाना , बरिष्ठ फोटोग्राफर राज भाई सुवाल, इन्द्रिरा राना मगर , ब्युटिसियन सिता पाठक , नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरे , नायक तथा मोडल दीक्पाल कार्की , चलचित्र बोबिका नायक उमेश थापालगायत निर्णायकको रुपमा रहेका थिए।

उत्तम्स क्रियसन् र सेन्ट्रल फेशन हब ललितपुरको बिद्यार्थीहरुको डिजाइनमा तयार पारिएको गाउनमा प्रतियोगीहरु सजिएका थिए भने ‘मिस ग्रान्ड नेपाल ईन्टरनेसनल २०१८ ” आयोजना गर्न नेपाल आइस नेचुरा बियर , सुजुकी टु व्हीलर्स, मेगा बेंक , मेरो सुरक्षा लगायतको प्रायोजन रहेको थियो।





Comments

comments

Leave a Reply

24305