तीन दिनसम्म बन्धक बनाएर ‘बलात्कार’

कालिकोट– १५ वर्षीया बालिकालाई तीन दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बमलाई पक्राउ गरेको छ ।२६ साउनमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बमले पीडितलाई १८ देखि २० साउनसम्म सोहीगाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर लगातार बलात्कार गरेको पीडितले प्रहरीलाई बयान दिएकी छन् ।

पीडितका बाबुले इन्सेक कालिकोटको सहयोगमा २५ साउनमा जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको र सोही आधारमा बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।पीडित बालिकाको स्वास्थ्य परीक्षण २५ साउनमा जिल्ला अस्पताल कालिकोटमा गरिएको थियो । बमलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले बताए । राजधानी दैनिकमा खबर छापिएको छ।





Comments

comments

Leave a Reply

24400