चोर भन्दै प्रहरीले निर्घात कुट्यो निर्दोष विशाललाई

सर्लाही – सर्लाहीका एक दलित युवकलाई रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले अनाहकमा निर्घात कुटपिट गरेका छन् ।

चोरीको आशंकामा पक्राउ गरी रातभर कुटपिट गरेपछि प्रहरीले निर्दोष भन्दै भोलिपल्ट बिहान ती युवकलाई अभिभावकको जिम्मा लगाएको छ ।

सर्लाहीको हरिवन नगरपालिका ८ चापिनी निवासी २२ बर्षीय विशाल नेपालीलाई प्रहरीले यसरी पिटेको नागरिक दैनिकमा समाचार छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा आइतबार रातभर राखेर पैताला, तिघ्रा, नितम्बलगायत शरीरका विभिन्न ठाउँमा पाइप नै पाइपले हानेको पीडित युवकले गुनासो गरेका छन् ।

उनले रुँदै भने, ‘बागमतीदेखि कुट्दै-कुट्दै चन्द्रनिगाहपुर पुर्याए र त्यहाँ पनि राति पाइप नै पाइपले हाने ।’ परिवारका अनुसार, विशाल अहिले थलिएका छन् ।

आइतबार साँझ बागमती बजारमा एक महिलाको सुन चोरी भएको थियो।

त्यस क्रममा एक्कासी यही नै हो चोर भन्दै उनले खलासी काम गर्ने माइक्रो बस छेउमा यात्रु कुरेर बसिरहेका विशालालई स्थानीय वासिन्दाले समाते र अन्धाधुन्द कुटे।





Comments

comments

Leave a Reply

24422