पोल्याण्ड लैजाने भन्दै ठगी गर्ने दुई विदेशी पक्राउ

विदेश पठाउने प्रलोभन देखाएर ठगी गर्ने २ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेका छ । पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका हुन् ।

टुरिष्ट भिषामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले पोल्याण्ड कामदार भिषामा पठाउने भन्दै ठगी गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

उनीहरुको विषयमा श्रम मन्त्रालयमै सुचना आएपछि वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले छापा मारेर पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

पुतलीसडक स्थित शंकरदेव क्याम्पस अघि अफिस नै खोली उनीहरुले ठगी धन्दा चलाइरहेका र पिपल फर वर्क नामको कम्पनी नै दर्ता गरी काम गरिरहेको मन्त्रालयले फेला पारेको थियो ।

फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गरेर ठगी धन्दा चलाउदै आएका थिए । त्यसगरी सम्पर्कमा आउने व्यक्तिलाई पोल्याण्डको कामदार भिषा उपलब्ध गराउने भन्दै शुरुमै २ लाख माग्ने गरेका थिए ।

अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाख सम्म खर्च लाग्ने बताउने गरेको पीडितहरुले बताएको मन्त्रालयले जनाएको छ । उनीहरुले कम्पनी रजिष्टारमा दर्ता गर्दा सफ्टवेयर तथा सँचना प्रविधिमा काम गर्ने उद्देश्य राखेर दर्ता गरिएको भेटिएको छ । उनीहरुको पक्राउसँगै अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरी थप अनुसन्धान सुरु गरिएको खबर नेपाल समाचारपत्रमा छ।





Comments

comments

Leave a Reply

24437