चीनले शक्तिशाली बमबर्षक विकसित गरेपछि अमेरिका डरायो

वासिङटन (एजेन्सी)
चीनले लामो दुरीको मारक क्षमताको बमबर्षक बिकसित गरिरहेको पेन्टागनको तर्फजारी गरिएको नयाँ अन्तरिक्ष प्रतिवेदनले खुलासा गरेको छ ।

सम्भवत चीनले अमेरिका र उसका सहयोगीहरु माथि हमला गर्न तालिम पनि दिइरहेको हुन सक्ने प्रतिवदेनमा उल्लेख गरिएको छ।

रक्षा क्षेत्रमा ब्यापक लगानी बृद्धि गर्दै चीनले विश्व स्तरमा आफनो प्रभाव बढाउने प्रयास गरिरहेको पेन्टागनले जनाएको छ ।

गतबर्ष चीनले रक्षा क्षेत्रमा १ खर्ब ९० अर्ब डलर खर्च गरेको पनि प्रतिवेदनले दावी गरेको छ । विगत तीन बर्षमा पीएलएले आफनो ओवरवाटर बम्बर क्षेत्रमा क्षेत्रलाई तिब्र रुपमा विस्तार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उसले महत्वपुर्ण समुद्री क्षेत्रमा अनुभव हासिल गरिरहेको र अमेरिका तथा उसका सहयोगीहरु विरुद्ध हमलाका लागि प्रशिक्षण लिइरहेको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनमा भनिएको छ, परमाणु सक्षम बम्बर्सको तैनाथ र एकिकरणबाट पहिलो पटक चीनलाई परमाणु त्रिभुज पाउनेछ, जुन भुमि, समुद्र र वायुमा फैलिएको हुनेछ ।

चीनका राष्टपति सी जिनपिंगको नेतृत्वमा चीनले पहिले नै जिबौटीमा आफ्नो सैन्य अड्डा बनाएको छ र लामो समयदेखि आफनो मित्र रहेको देश जस्ता पाकिस्तानमा पनि अतिरिक्त सैन्य अड्डा बनाउन चाहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

चीनले पुरै ग्रह र अन्तरिक्षमा निगरानी राख्ने विशेष निगरानी क्षमतालाई बढाउने तर्फ पनि काम गरिरहेको पेन्टागनले जनाएको छ । अमेरिका र चीनबीच आगामी दिनमा ब्यापार युद्धलाई लिएर वार्ता हुन गइरहेको बेला पेन्टागनको यो नयाँ प्रतिवेदन आएको खबर नेपाल समाचारपत्रमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24476