सीमा क्षेत्रमा भारतीय सेनाको यस्तो दादागिरी

बर्दिया – सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्दा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट आइतबार घाइते भए। नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि उनको परिवार अझै त्रसित छ।

सीमा नजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्ने हो कि भन्ने परिवारको आशंका छ।

भदौ ५ गते जंगलमा माछा मार्न हिँडेका बेला बेपत्ता भएका इन्द्रबहादुर थारुको खोजी गरिदिन परिवारले निवेदन दिए । बेपत्ता भएको नौ दिनपछि बिहीबार थारुको शव भारतीय जंगलमा फेला पर्‍यो।

क्षतविक्षत अवस्थामा फेला परेको शव पोस्टमार्टमका लागि भारतीय सुरक्षाकर्मीले बहराइच पुर्‍याएका थिए । त्यहाँ पुगेका उनका भाइ गणेश थारुलाई भारतीय पक्षले शव दिएको छैन।

यस्तै राजापुर नगरपालिका–६ स्थित सीमावर्ती गाउँ करमोहनी र महुवाबाट ४५ वर्षीय वीरेन्द्रबहादुर शाह र ४३ वर्षीय बालकृष्ण चौधरी भदौ ५ बाट बेपत्ता छन् । शाह र थारुलाई भारतीय पक्षले बेपत्ता पारेको आशंका छ। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

24644