मन्त्रीलाई कालो झण्डा देखाएका राममनोहर यादवको हिरासतमा मृत्यु

संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौदेखि प्रहरी हिरासतमा राखिएका युवा राममनोहर यादवको मृत्यु भएको छ।

बिहीबार बर्दिया जिल्ला प्रहरी कार्यालयको हिरासतमै बेहोस भेटिएपछि उपचारका लागि निकालिएका राममनोहरको शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । २ दिनसम्म नेपालगन्जमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा ज्यान गएको खबर नयाँ पत्रिकामा छ।

बिहीबार बिहान ६ बजे हिरासतबाट जिल्ला अस्पताल पु-याइएका उनलाई प्राथमिक उपचारपछि प्रहरीले दिउँसो नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल लगेको थियो।





Comments

comments

Leave a Reply

24654