अस्प्तालमा छोरी घर पुग्दा छोरा!

गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन्।

छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे ।

आमा प्रसुतिगृहमै भर्ना भइन् भने छोरीलाई अलग्गै भवनमा राखियो।

बेलुकी एसएनसियुबाट छोरीलाई दुध खुवाउन भन्दै उपचारमा संलग्न चिकित्सकले कालीकी आमा दिलु बोहरालाई बच्चा दिए।
कालीले दुध खुवाईन्।

डिस्चार्ज भएपछि घर गईन् । घर पुगेपछि बच्चाले दिसा गरेको भन्दै डाईपर निकाल्दा खाती दम्पती छक्क परे।

अस्पतालमा शिशुलाई आमाको दुध खुवाउने बेलामा नर्सहरुले खाती दम्पतीकी छोरीलाई त्यहीँ राखेर अर्को शिशु दिएका थिए, जुन शिशु सोही दिन एसएनसियुमा राखिएको डडेलधुरा जोठबुढा नगरपालिकाकी भावना बोहराका छोरा थिए।

अस्पतालमा छोरी जन्मेको भनेका थिए, घर पुग्दा त छोरा पो देखियो, कालकी पति मेघराज खातीले भने, घर पुगिसकेका खाती दम्पतीलाई एक चिकित्सकले फोन गरेर तुरुन्तै अस्पताल आउन भने ।

अस्प्ताल पुगेका उनीहरुको हातबाट शिशु छोरा थुतेर अर्को शिशु छोरी थमाईयो। नागरिक दैनिकमा यो खबर छ।





Comments

comments

Leave a Reply

24718