पाईलट पढाउँदै नगरपालिका

रुकुम पश्चिम, आठबिसकोट नगरपालिका ५ का ललित भण्डारीसँग पाईलट बन्ने रुचि थियो । विदेश गई लिनुपर्ने पाईलट कोर्सका लागि पैसोको जोहो गर्न भने सकेका थिएनन्।

वडा १० का गोविन्द केसीको चाहनालाई पनि आर्थिक अवस्थाले नै रोकेको थियो ।

दुवैको अप्ठेरो फुकाईदियो आठविसकोट नगरपालिकाले । शैक्षिक कर्जा उपलब्ध हुने भएपछि भण्डारी र केसी दुवै पाईलट कोर्स गर्नै फिलिपिन्स उड्ने तयारीमा छन्।

उनीहरुमात्र होईन, नगरपालिकाले डाक्टर, इन्जिनियर पढ्न चाहने विद्यार्थीका लागि समेत निवेदन माग गरेको खबर कान्तिपुर दैनिकमा छ।

५ जनालाई यसअघि नै नर्स, ओभरसियर अध्ययनको चाँजो मिलाइ सकेको छ।

दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न शैक्षिक कर्जा दिन थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए।





Comments

comments

Leave a Reply

24726