निर्मला हत्या प्रकरणः झन रहस्यमय र सशंकित बन्दै !

निर्मला पन्तको हत्याकाण्डमा उच्चस्तरीय छानविन समितिका एक जना सदस्यले रहस्यमय कुरा गर्दै दिएको राजीनामापछि घटना पनि रहस्यमय बनेको छ।

काठमाडौंमा रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन् मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरेरै उच्चस्तरीय छानविन समितिबाट राजीनामा दिएपछि घटना रहस्यमय बनेको खबर अन्नपूर्ण पोष्टमा छ।

पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका उनले आफुलाई निर्मलाको परिवारले न्याय नपाउने लागकोले नैतिक रुपमा समितिमा बसिरहन नसकेको बताए।

उनले भने, मेरो उच्चस्तरीय छानविन समितिसँग कुनै असहमति होईन तर मैले निर्मला हत्याकाण्डमा खर्चेका दैनिक २० घण्टाका दरले १५ दिनमा आफुलाई उनको परिवारले न्याय नपाउने लाग्यो ।

तर, उनले अनुसन्धानमा रहेको त्रुटि, अपराधीको ठुलो सञ्जाल वा राजनीतिक पहुँचबारे बताउन चाहेनन् ।

मेरो एकल प्रयासले उनको परिवारले न्याय पाउँदैनन् । भन्ने लागेरै राजीनामा दिएको हुँ।





Comments

comments

Leave a Reply

24779