मन्दिर छोएको भन्दै दलितमाथि कुटपिट

काठमाडौँ, २८ भदौ । बारामा मन्दिर छोएको निहुँमा दलित समुदायमाथि सांघातिक आक्रमण भएको छ ।

पावरवाानीपुर गाउँपालिका ३, लिपनीमालस्थित मन्दिर दलित बालकले छोएको भन्दै कुटपिट भएको खबर नागरिकमा छ।

स्थानीय गैरदलितको कुटपिटबाट समुन राम, उनका दाजु उमेद र भनिज आकाश गम्भीरु घाईते भएका छन्।

उनीहरुको उपचार पर्साको बहुअरीस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलमा भईरहेको छ।

सुमनको सघन उपचार कक्षमा तथा उमेद र अचाकाशको जनरल वार्डमा उपचार भईरहेको छ।

स्थानीय दलितका अनुसार घटना चार दिनअघिको करिमन रामका सानो छोरा बदरीले वस्तीनजिकै रहेको मन्दिरको धारामा गएर पानी खाएका थिए।

त्यसपछि मन्दिरका बाबा रामदयाल यादवले अछुत जात भएर धारा छोएको भन्दै बदरीलाई बेस्सरी कुटे।

त्यसको विरोध गर्दा बाबा यादव र दीपका यादवको अगुवाईमा आफूहरुमाथि आक्रमण भएको उपचारत उमेदले बताए।





Comments

comments

Leave a Reply

24811