लोग्नेस्वास्नी र सौता शब्द परिवर्तनको लागि संशोधन गर्न प्रस्ताव

काठमाडौं, ११ कार्तिक। सांसदहरुले लैङ्गिक हिंसा विधेयकमा ‘सौता’ र ‘लोग्नेस्वास्नी’ शब्द परिवर्तनका लागि संशोधन प्रस्ताव दर्ता गराएका छन्।

संसदमा विचाराधीन लैङ्गकि हिंसा विधेयक माथि परेका ४४ मध्ये अधिकांश संशोधन महिलालाई सम्बोधन गरिने शब्दहरुमाथि परेका हुन्। ‘हामीले महिला अधिकारकर्मी, अधिवक्ताहरुलाई बोलाएर छलफल र अन्तरक्रिया गरिरहेका छौं,’ विधायन समितिकी सभापति गंगा चौधरीले भनिन्, ‘बिशेष गरी लोग्नेस्वास्नी, सौता, धर्मपुत्र-पुत्री लगायत शब्दहरु संसोधन गर्न प्रस्ताव आएका छन्।’

६० जना संसोधनकर्ताबाट शब्द र व्यवस्थाहरुमा संसोधन परेको उनले जानकारी दिइन्। शारीरिक यातना तथा यौनजन्य हिंसाको कसूर गर्नेलाई एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना र एकदेखि आठ वर्षसम्म कैद हुने प्रस्ताव विधेयकमा छ। सांसदहरुले उक्त सजाय बढाएर पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना र आठदेखि दश वर्ष कैद हुने व्यवस्था हुनुपर्ने प्रस्ताव राखेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ। जरिवाना र कैद थोरैहुँदा पीडक हिंसा गर्न नडराउने भएकाले कारवाहीको ब्यवस्था कडा गर्नुपर्ने संसोधनकर्ता सांसदहरुको भनाई छ।

सम्पतिमा छोराछोरीको समान हक हुनुपर्ने, भाञ्जाभाञ्जी समेत अपुतालिको हकदार हुन पाउनुपर्ने, ‘सौता’ शब्दको बदला ‘एकभन्दा बढी श्रीमती’ राखिनु पर्नेजस्ता संशोधन प्रस्ताव परेका छन्। संशोधन प्रस्तावमाथि बृहत छलफल गरेपछि मात्र शब्य चयन गरिने बिधायन समितिकी सभापति चौधरीले जानकारी दिइन् ।





Comments

comments

2517