यसरी हुंदैछ- मिसेज नेपाल युके प्रतिस्पर्धाको तयारी

रोशन मेवाहाङ्ग /एचकेनेपाल डट कम-

लण्डन, ३१ असोज। मिसेज नेपाल युके प्रतिस्पर्धाको तयारी तीव्र पारिएको छ। गत आइतवार मिसेज नेपाल युकेका प्रतिस्पर्धीहरुले लण्डनस्थित बेलायती राजदरबारको भ्रमण गरे।

आयोजक संस्था ‘लण्डन फेसन हाउस’ले प्रतिस्पर्धीहरुलाई नैतिक मनोबल बढाउनका लागि भ्रमणमा लगिएको हाउसका निर्देशक मनिसा डंगोल श्रेष्ठले बताईन् । फेसन हाउसको पहिलो संस्करणको उपाधि आस्था जोशीले चुमेकी थिईन। दोश्रो संस्करण अक्टुबर २४ तारिख बुधबार साँझ ६ बजे लण्डनस्थित हरो फुटबल क्लबको सभाहलमा हुने संस्थाका शारीरिक प्रशिक्षक रोजिहिरा फाउडेसनका अध्यक्ष रोजिना राई प्रधानले बताइन्।

प्रतिस्पर्धीहरुलाई सामाजिक सञ्जालमार्फत अनलाईन भोटिङ् गर्न सकिने आयोजकले जनाएको छ। सर्वाधिक मत पाउनेले पनि टाईटल उपाधि पाउने बताइएको छ।

शारीरिक प्रशिक्षक राईले प्रतिस्पर्धीहरु अन्तिम तयारीमा जुटेको बताइन्। प्रतिस्पधीहरुमा सुनिता श्रेष्ठ, अनुशा बस्नेत, निरु कोइराला, सन्तोषी कार्की, मुन्ना राउत, बिनु लामिछाने, सुबु सेन्चुरी,अम्बिका महत्तो भण्डारी,सविना श्रेष्ठ थापा, स्वास्तिका लोहनी, बन्धना केसी, रिना कडेंल र ज्योति गुरुङ रहेका छन्।

विजेता श्रेष्ठ र राईले १३ प्रतिस्पर्धीहरुलाई कसरी सुन्दर र आकर्षक देखाउने भन्ने विषयमा प्रशिक्षण दिइरहेका छन्।

गत बर्षकी उपाधि विजेता आस्था जोशीको सहयोगमा सुस्मिता थापाले कार्यक्रम संयोजन गर्दैछिन्। कार्यक्रमलाई बिभोर ढकालले संचालन गर्ने छन्।





Comments

comments

Leave a Reply

25302