मुख्यमन्त्रीकै अगाडि जंगिए प्रचण्ड

जनकपुरधाम, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न चेतावनी दिएका छन्।

बाटोमा ‘ओभरटेक’ गर्न खोजिए कसैका लागि हितगर नहुने बताउँदै दाहालले सस्तो लोकप्रियताका लागि प्रदेश–२ लाई नमुना बनाउनतर्फ नलाग्न चेतावनी दिएका हुन्।

प्रदेश २ को सदनबाट हालै पारित गरिएको प्रदेश प्रहरी ऐनका विषयमा बोल्दै अध्यक्ष दाहालले यस्तो चेतावनी दिएका हुन् । दाहालले आफूखुसी अघि बढे पाएको अधिकारसमेत गुम्न सक्ने खतरा रहेको बताए।

कार्यक्रम सहभागी भएका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशलाई निकै असहयोग गर्दै आएको गुनासो राखेका थिए। राजधानी दैनिकमा समाचार छापिएको छ।





Comments

comments

Leave a Reply

25359