आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

कार्तिक १० मानिसहरुले डाक्टरलाई भगवानको संज्ञा दिएको त्यसै होईन। जटिल भन्दा जटिल समस्याको उपचार गरेर उनीहरुले लाखौँ करोडौँको ज्यान बचाएका हुन्छ् त्यसैले पनि डाक्टर भगवानको प्रतिमुर्ती हो भनिन्छ ।

झापा दमककी ८ वर्षीय अंशु गिरीका लागि डाक्टर भगवान नै बनिदिए । दसैँ रमाइलोसँग आउँदै थियो । तर, दसैँ नजिकिदै गर्दा उनको जीवनमा कल्पना नगरिएको घटना घट्यो।

उनी मोरङको पथरीशनिश्चरे, ३ स्थित मामा घर गएकी थिइन् । मामा घरमा रहरले घाँस काट्न खेतमा गइन् । तर, उनी अचानक खेतमा लडिन् । आफैले लिएकी हँसिया आँखाभित्र पस्यो । झण्डै पाँच इञ्च हँसियाको टुप्पो आँखामा पस्दा नाकको डाँडी मुनी हुँदै देब्रे आँखासम्म पुग्यो ।‘मामाको छोरीसँग घाँस काट्न जाँदै गर्दा खेतको आलीबाट लडेँ,’ बालिका गिरी भन्छिन्, ‘आँखाभित्र हँसिया पसेपछि केही देखिनँ ।’

तत्कालै उपचार गर्न उनलाई दमकस्थित अस्पताल लगियो ।दमकका विभिन्न अस्पतालमा उनको उपचार गर्न लगियो । तर, सम्भव भएन् । उनलाई तत्काल बिर्तामोडस्थित बि एण्ड सी हस्पिटल भर्ना गरियो । लामो प्रयासपछि चिकित्सकले अंशुको आँखाबाट हँसिया निकाले । सबैले बालिकाको आँखा गुमेको सोचे पनि उनको आँखाको ज्योति फेरि फर्काउन डाक्टहरु सफल भए। नयाँ पत्रिका खबर छ।





Comments

comments

Leave a Reply

25387