बेलायतमा पूर्व मन्त्रीलाई सम्मान

टीकाधन राई / एचकेनेपाल डट कम –

लण्डन। किराँत राई यायोक्खा वेलायतले पूर्वमन्त्री तथा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईलाई सम्मान गरेको छ।

फोरमकै महिला प्रमूख सुशीला श्रेष्ठ राई, खोटांग जिल्लाका स्थानीय कांग्रेस युवा नेता रबि राई र अन्य विभिन्न निवर्तमान कार्यसमिति र सल्लाहकार समितिलाई पनि फेटा र खादाले संयुक्त सम्मान गरिएको थियो।

अक्टोबर २७ तारिखका दिन आफ्नै निजि भूमि साकेला माङ्खिम परिसरमा किराँत राई यायोक्खा वेलायत सातौ अधिवेसनबाट नव निर्वाचित कार्य समितिको प्रथम पूर्ण वैठक बस्यो। उक्त दिन समितिले २ भागमा कार्यक्रम संचालन गरेको थियो ।प्रथम संस्थाको वैठक र दोस्रोमा सम्मान कार्यक्रम।

प्रथम कार्यक्रम वैठकमा एजेन्डाहरु क्रमशः परिचय, सपथ ग्रहण, वरिष्ठ उपाध्यक्ष अनुमोदन, कार्यविभाजन ,सल्लाहकार चयन, सातौ सम्मेलन समिक्षा, अध्यक्षबाट भावी ३ कार्यजोजना प्रस्तुत र विविध थिए। ३ भावी कार्य योजना मध्य क्रमशः प्रथम – तथ्यांक संकलन: आगामी ६ महिनादेखि १ वर्षभित्र वेलायतवासी राईहरुको तथ्यांक संकलन गरि सक्ने , दोस्रो- अन्तर्राष्ट्रिय सम्मेलन: आउदो सन् २०२० मा किराँत राई यायोख्खा वेलायतले किराँत राई अन्तर्राष्ट्रिय सम्मेलन गराउने , तेस्रो-माङ्ग्खिम (चुला घर )को निर्माण: ६ महिनादेखि १ वर्षभित्र स्थानीय सरकारबाट निर्माण इजाजत लिएर माङ्ग्खिमको निर्माण कार्य शुरु गर्ने र सन् २०२१ भित्र निर्माण कार्य समापन गर्ने वैठकले पारित गरेको छ।

वैठक समय अवधि निकै छोटो भएकाले प्रस्तुत वैठक एजेन्डाहरुमा अझै वहस पैरवी आवश्यक भएकाले महत्वोपूर्ण प्रस्तावहरु अर्को वैठकमा छलफल गरि निर्णय गर्ने निर्णय भएको छ। प्रथम वैठकमा केन्द्रीय कार्य समितिका भाषिक, भातृ संस्था र प्रकाश शाखाका प्रतिनिधिहरुको संयुक्त उपस्थिति थियो। करिब ९:३० बाट शुरु भएको वैठकसंगै सम्मान कार्यक्रम पनि हुने भएकाले करिब १ बजे नै वैठक स्थगित गरेको थियो।

दोस्रो कार्यक्रम सम्मान कार्यक्रम,
पहिलो कार्यक्रम पश्चात जलपानको समय सकिए लगतै सोही कार्यक्रममा नेपालबाट आउनु भएका वरिष्ठ नेता र उहाआका धर्म पत्नीलाई किराँत राई यायोक्खा वेलायतले खरिद गरेको जमिनलाई स्थलगत परिचयात्मक छोटो भ्रमण गराईएको थियो।

जमिन स्थलगत भ्रमणको कार्यभारका लागि संस्थाका उपाध्यक्ष साथै माङ्खिम समितिका अध्यक्ष भूपू मेजर श्री भुपजित राईले संचालन गर्नु भएको थियो । भ्रमणको क्रममा भावी कार पार्किंग, साकेला पूजा थान, साकेला नाँच स्थल , जंगल परिसर भित्रको धनुषवाण तालिम गृह समावेश थियो।

नेपालबाट पार्टी राजनीतिक युरोप भ्रमणमा आउनु भएका पूर्वमन्त्री तथा संघीय समाजवादी फोरमका वरिष्ठ नेता राई र सोही पार्टीकी महिला प्रमूख सुशीला श्रेष्ठ राई साथै खोटांग जिल्लाका स्थानीय कांग्रेस युवा नेता रबि राई र अन्य विभिन्न निवर्तमान कार्यसमिति र सल्लाहकार समितिलाई पनि फेटा र खादाले संयुक्त सम्मान गरिएको थियो।

वरिष्ठ नेताले आफ्नो सम्बोधन क्रममा भन्नु भयो, राजनीति भनेको सबै भन्दा शक्तिशाली निकाय हो जसले देश र नागरिकलाई शासन गर्दछ त्यसो भएकाले सबैले कमसेकम राजनीति बुझ्न अत्यन्तै जरुरी छ । यसै क्रममा २००० वर्ष अघि प्लेटोले भनेका कुरो समेत स्मरण गराउनु भयो ,”कि राजनीतिमा आउ नत्र तिमी भन्दा कमजोरीबाट शासित हुन तयारी हौ “। साथै सम्बोधनकै क्रममा किराँत राई यायोक्खा वेलायत साथै केन्द्र नेपालले समेत ऐतिहासिक कार्य गरेको प्रशंसा गर्दै भन्नु भयो कि पहिले अधिकृति निजामतीमा न्यून संख्यामा पास हुने किराँत राईहरु अहिले किराँया केन्द्रले तालिम शिक्षा प्रणाली शुरु गरे पश्चात एक खेपमा करिब २० जना जति किराँत राई अधिकृत परीक्षामा उतीर्ण यो चानचुने कुरो होइन भन्दै जुन अत्यन्तै सराहनीय कार्य हो भन्नु भयो। त्यस्तै गरी अन्य वक्ताहरुमा नेत्रृ सुशीला श्रेष्ठ , कांग्रेसका युवा नेता रबि राई ,पूर्व किराँया अध्यक्ष पदमबहादुर राई BEM र अन्य व्यक्तित्वहरुले अत्यन्तै सान्दर्भिक सम्बोधन गर्नु भएको थियो। कार्यक्रम संस्थाको प्रथम नियमित वैठकबाट शुरु हुदै सम्मान कार्यक्रममा आएर समापन गरियको थियो । नव निर्वाचित किराँत राई वेलायतकी अध्यक्ष कल्पना राईले दुवै कार्यक्रमको अध्यक्षतामा र पूर्व मन्त्री वा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईको प्रमुख आतित्थ्यमा संस्थाकी महासचिव चन्द्रवती राईले सम्पूर्ण कार्यक्रम संचालन गरेकी थिइन्।





Comments

comments

Leave a Reply

25435