दुर्घटनाग्रष्त विमानको यात्रुको खोजी तीब्र …

सोमबार दुर्घटनाग्रस्त लायन एयरको जेटी ६१० विमान र त्यसमा सवार यात्रुको खोजी तीब्र पारिएको छ । खोजीका लागि ड्रोनलगायतका अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ।

राजधानी जकार्ताबाट पांकाल पिनाङ द्वीपका लागि सोमबार बिहान उडेको सो विमान केही मिनेटमै उत्तरपूर्वी जकार्ताको जाभा समुद्रमा खसेको थियो । विमानमा चालक दलका सदस्यसहित १ सय ८९ जना थिए । विमानमा सवार यात्रुमध्ये १ सय ७८ वयस्क, दुई शिशु, दुई बालबालिका, दुई चालक तथा पाँच चालक दलका सहयोगी थिए ।

उद्धारकर्ताले समुद्रबाट २६ वटा बडी ब्याग जम्मा गरेका छन् । ती ब्यागमा दुर्घटनाग्रस्त विमानका भग्नावशेष, यात्रुका सामग्री र शवका टुक्रासहित मोबाइल, पर्स, ब्यागलगायतका यात्रुका सामग्री छन् । तर, विमानको मुख्य भाग भने अझै फेला परेको छैन । विमान समुद्रभित्र डुबेकाले शव पाउन कठिनाइ भएको जनाइएको छ। नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

25446