पोखरेली तमुहरुले सामूहिक ल्होछार/ल्होसार मनाउने

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा। पोखरेली तमुहरुले विगतका वर्षहरुमा झै सामुहिक रुपमा तमु ल्होछार/ल्होसार मनाउने भएको छ।

बुधवार पोखरामा सम्पन्न तमु संघ संस्थाहरुको बैठकले कुकुर वर्ग(खि ल्हो)को विदाई र मृग वर्ग(फो ल्हो) आगमनको अवसरमा तमु ल्होछार/ल्होसार सामुहिक रुपमा मनाउने निर्णय गरेको हो।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सामूहिक ल्होछार/ल्होसार समितिका संयोजक तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका ४ नं प्रदेश संयोजक दलबहादुर तमुको अध्यक्षतामा सम्पन्न बैठकले तमु जातिको महान चार्ड विगतमा जस्तै एकताको सन्देश दिदै मनाउने निर्णय गरेको हो।

बैठकल उक्त समितिको आर्थिक संयोजकमा तमु धिं नेपालका कोषाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद तमुलाई चयन गरेको छ।

विगत लामो आन्दोलनबाट राष्ट्रिय चार्ड ल्होछार/ल्होसार वा तमुहरुको वर्षका दिन पुस १५ मा प्राप्त विदा कटौती फिर्ता गराउन माग गर्दै सामुहिक तमु ल्होछार/ल्होसार समितिले प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाउने भएको छ।

विगतमा प्राप्त विदा कटौती गरिनु दुखदायी हो, प्रदेश सरकारसँग पुस १५ मा विदा, प्रदेशमा गुरुङ र मगर भाषालाई कामकाजको भाषासहितको मागका लागि मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाइने संयोजक दलबहादुर तमुले बताउनुभयो। सामुदायिक अधिकार र एकताका लागि सबै तमु संघ संस्थाहरुलाई सामुहिकतामा जुट्न उहाँको आग्रह समेत रहेको थियो।

तमु ल्होछार/ल्होसारलाई एकता, समानता, सद्भाव, साँस्कृतिक पर्वको रुपमा सामुहिकतामा विगतदेखि पोखरेली तमु संघ संस्थाहरुले मनाउदै आएको र यसवर्ष मात्रै होइन आगामी वर्षहरुमा पनि सामूहिक रुपमा मनाउदै जाने तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले बताउनुभयो।
बैठकमा पोखरेली विभिन्न तमु संस्थाहरुका प्रतिनिधिहरुको संस्थागत सहभागिता रहेको थियो।

फाइल फोटोः वाई वि तमू





Comments

comments

Leave a Reply

25477