टेलिफोन फ्रड: ‘नचिनेको विदेशी नम्बरबाट फोन आए कलब्याक नगर्नु’

तपाईलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गर्थ्यौ।

अहिले यस्ता सन्देशका कारण ठगिने नेपाली नगण्य छन् तर, पछिल्लो समय अन्तर्राष्ट्रिय ठगहरुले नयाँ उपाय अपनाउन थालेका छन् । त्यो हो फोन ठगी टेलिफोन फ्रड।

यो ठगीमा पीडित बन्न कुनै खातामा रकम जम्मा गर्नु पर्दैन, टेलिफोन कल उठाए वा कलब्याक गरे मात्रै पुग्छ । जापानी भाषामा वाङगिरी भनिने यस्तो तरिकाबाट प्रयोगकर्ता सजिलै ठगिन सक्छन्।

जापानी भाषामा वाङगिरीका अर्थ हुन्छ घन्टी बनाउनु र छाड्नु।

ठगहरुले विभिन्न देशका मोबाईल प्रयोगकर्तालाई यसैगरी झुक्याईरहेका हुन्छन् ।

प्रयोगकर्ताको मोबाईलमा एक घन्टी दिने र फोन काट्ने । प्रयोगकर्ताले उत्सुक भएर कल ब्याक गरे उनीहरुको मोबाईलबाट प्रशस्त रकम काटिन्छ। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25489