संसदमा उचाल्न नमिल्ने कुर्सी

काठमाडौं — संसद सचिवालयले अब सांसदलाई छुट्टाछुट्टै नभई एकअकासँग जोडिएका कुर्सी उपलब्ध गराउने भएको छ।

प्रतिनिधिसभाको दोस्रो अधिवेशनसम्म केही सांसदलाई छुट्टाछुट्टै कुर्सीमा राखिँदै आएको थियो।

अब प्रत्येक लहरमा ६ वटा कुर्सी राखी तिनलाई छुट्टाछुटटै उचाल्न नमिल्ने गरी जोडिदै छ।

बैठकमा आक्रोशित सांसदले कुर्सी उठाएर ताडफोड गर्न सक्ने भएकाले एउटै ढिक्का बनाउन लागिएको स्रोतले जनाएको छ।

सचिवालयका अधिकारीले भने कुर्सीमा एकरुपता ल्याउन र धेरै जना अटाउन यस्तो गरिएको दाबी गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25626