ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अमेरिकाको डेनभरमा हुने

काठमाडौँ: आफ्नै नाम, शान र पहिचानसहित ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ हुने भएको छ।

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आगामी जनवरी ५ तारिख २०१९ मा उक्त अवार्ड आयोजना गरिने भएको हो।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक संस्थाका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन्।

विगत २ वर्षमा दुई संस्करण संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमानै सफलतापूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्ध नेपाली सिनेमाको बजार प्रवर्द्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका मधुकुमार श्रेष्ठले अबगत गराएका छन्।

अवार्डको तयारी तिब्र रुपमा भईरहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन् भने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र संयोजक मदु कुमार श्रेष्ठ रहेका छन्।





Comments

comments

Leave a Reply

25774