दुई सन्तानकी आमा तीन दिनदेखि बेपत्ता

काठमाडौं, दोलखा बिगु २ आरोङकी ३० बर्षीया सुष्मा तामाङ तीन दिनदेखि बेपत्ता भएकी छिन्।

परिवारका सदस्यका अनुसार उनी विहीबारदेखि बेपत्ता भएकी हुन् ।

आरोङस्थित माईती गएर चरिकोटस्थित डेरा आईपुगेकी उनी एकाएक सम्पर्कविहीन भएको परिवारका सदस्य हेमा लामाले बताईन् ।

माईतीबाट चरिकोट फर्केर डेरा पुगिछिन् । केही सामग्री पनि लगेको पाईयो । तर, उनी कहाँ गईन् केही पत्तो लाग्न सकेको छैन ।

तीन दिनदेखी उनको मोबाईल फोन पनि स्विच अफ छ, हेमाले भनिन् ।

परिवारका सदस्यका अनुसार सुष्माका दुई छोरा छन् । उनको श्रीमान चरिकोटमै सामान्य व्यवसाय गरी बस्छन् । नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

25845