बेलायतमा बबी देखाएर सहारा क्लब पोखरालाई आर्थिक सहयोग

एचकेनेपाल डट कम संवाददाता-

बेलायत। बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र बबी देखाएर संकलन भएको रकमको मुनाफा सहारा क्लब पोखरालाई प्रदान गरिएको छ।

डिसेम्बर १ तारिख सहारा युकेद्वारा आयोजित दशौं च्यारिटी रात्रि भोजमा बबी समूह युकेले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।

बबी समूह युकेको तर्फबाट क्रिस गुरुङ, सबिन्द्र कुमार गुरुङ, सुर्य गुरुङ र शारदा गुरुङले सहारा युकेका अध्यक्ष मिन बहादुर गुरुङ (साइँला) लाई बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी, अल्डरसट क्षेत्रका सांसद लिओ डोचेर्टी र सम्पूर्ण अथितिहरुको माझ पचास हजारहको चेक हस्तान्तरण गरेका थिए। साथै सहारा युकेको तर्फबाट बबी समूह युकेलाई नेपाली राजदूत डा. सुवदीले प्रशंसा पत्र प्रदान गरेका थिए।

बबी समूह युकेले २३ सेप्टेम्बरदेखि बेलायतको विभिन्न शहरहरुमा चलचित्र प्रदर्शन गरेका थिए। बबी समूह युकेले चलचित्र देखाएर उठेको मुनाफा सहारा क्लब पोखरालाई सहयोग गर्ने निर्णय गरेको थियो।

सत्य कथामा आधारित चलचित्र बबी नेपालमा दर्शकहरुले अध्याधिक मन पराएपछि बेलायतमा प्रदर्शन गरिएको हो। एक जोडीले अन्तर्जातीय बिबाह गरेको सत्य घटनालाई चलचित्रमा समेटिएको छ। चलचित्रमा उमेश थापा र कविता गुरुङले अभिनय गरेका छन्। यो चलचित्रभित्र उनीहरुकै आफ्नै कथा समेटिएको छ।





Comments

comments

Leave a Reply

25909