गुण्डा नाइके समिरमानकी श्रीमतीलाई धरौटीमा रिहा गर्न अदालतको अादेश

निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका गुण्डा नाइके समिरमान सिंह बस्नेतकी श्रीमती मायाँ शेरचनलाई अदालतले धरौटीमा छोड्न अादेश दिएको छ।

जिल्ला अदालत काठमाडाैंले उनलाई विहिबार ५ लाख धरौटीमा रिहा गर्न अादेश दिएको हो।

प्रहरीले गत कार्तिक १८ गते उनलाई स्वयम्भुबाट पक्राउ गरेको थियो। त्यस अघि पक्राउ परेका अमरबहादुर थापा र लोप्साङ शेर्पालाई उनले हतियार दिएको आरोप लागेको थियो।

जेलमा समिरमानलाई भेट्न गएकी मायाँले श्रीमानको निर्देशनमा अर्को ग्याङ तयार पार्न हतियार व्यवस्थापन र हुन्डी मार्फत पैसा पठाउनको गरेको समेत प्रहरीले अनुसन्धानमा फेला पारेको बताएको थियो। उनलाई हतियार व्यवस्थापनमा सहयोगी भूमिका खेलेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो। नागरिक दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25930