मलेसिया उड्न लागेका २९ जनालाई विमानस्थलबाटै फर्काइए

कामठाडौं — कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागमनले फिर्ता पठाईदिएको छ।

श्रम स्वीकृति नलिइ गएका उनीहरुलाई अध्यागमनले नाम, पासपोर्ट नम्बरसहितको विवरण इन्ट्री नगरी फर्काएको कान्तिपुर दैनिकमा खबर छ।

वैधानिक कागजात नपुर्याई विदेश उड्न खोज्नेलाई अध्यागमनले विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नियम छ।

मलेसियाका लागि औंठाछाप लगाएको प्रक्रिया गर्ने कम्पनी भीएलएलनविरुद्ध कानुनी कारबाही थालिएयता कामदार भिसामा मलेसिया जान सरकारले रोकेको छ।

मलेसिया कामदार भिसासहितको पासपोर्ट लिएर गएका चार जनालाई बिहीबार पनि अध्यागमनले फर्काईदिएको थियो।





Comments

comments

Leave a Reply

26055