भारतीय वेश्यालयमा लगेर ६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ

काठमाडौँ, भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ।

अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्लीस्थित जिबी रोडमा रहेको वेश्यालयमा बेचेको पुष्टि भएपछि उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। प्रहरीले राईलाई धनकुटे रोडमा हिँडिरहेको अवस्थामा पक्राउ गरी कारबाही अगाडि बढाएको खबर नेपाल समाचारपत्रमा छ।

अभियुक्त राईले विभिन्न क्षेत्रका टिन एजका युवतीलाई भारतमा राम्रो काम पाइने र दुःखबाट मुक्ति हुने भन्दै वेश्यालयमा लगेर बिक्रीवितरण गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।





Comments

comments

Leave a Reply

26537