नाइटभिजन हेलिकोप्टरबाट रातारात काठमाडौं ल्याइयो डा. केसीलाई

काठमाडौं, इलाममा नौ दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेपछि  राति नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।

इलाममा हेलिकोप्टर ल्यान्ड गर्न नसक्ने भएपछि केसीलाई भद्रपुरसम्म एम्बुलेन्समा भद्रपुरबाट सेनाको नाइटभिजन हेलिकोप्टरमा शुक्रवार बिहान काठमाडौँ ल्याइएको हो।

स्वास्थ्य प्रतिकूल भएपछि इलाम अस्पताल लगिएको केसीको अवस्था झन जटिल भएपछि काठमाडौं ल्याइएको हो।

उनलाई काठमाडौं ल्याउन पूर्वसभामुख दमननाथ ढुंगाना, माथेमा आयोगका संयोजक केदारभक्त माथेमा र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पहल गरेका थिए। उनीहरु त्यसका लागि इलाम अस्पताल पुगेका थिए।

निमोनिया, मुटुको चालमा गडबडीलगायत समस्या भएका केसीले औषधि खान नमानेपछि गत बुधबारदेखि सुईबाटै एन्टिबायोटिक दिन सुरु गरिएको थियो।

थप उपचारको लागि उनलाई टिचिङ अस्पतालको आइसियुमा भर्ना गरिएको छ।

शिक्षण अस्पतालका कार्याकारी निर्देशक डा.प्रेमकृष्ण खड्गाले डा. केसीको स्थास्थ्य अवस्था स्थिर रहेको, उनमा थकान र कमजोरी देखिएको जानकारी दिएका छन्।





Comments

comments

Leave a Reply

26551