तत्कालको मौसमी सूचना दिने राडार स्थापना

काठमाडौं, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्ला डाँडामा तात्कालिक यथार्थ मौसमी सूचना बताउने ‘वेदर राडार केन्द्र’ स्थापना गरिएको छ।

यसले बादलको प्रकार र प्रकृति छुट्याएर पानी, चट्याङ हिमपात र असिना पर्ने जस्ता पूर्वानुमान गर्दै मौसमी विवरण उपलब्ध गराउँने जनाइएको छ।

सुरक्षित हवाई माग पहिचान र आम जनमानससँग जोडिएका विविध सूचना सम्प्रेषणका लागि मुलुकमै पहिलो पटक सुर्खेतमा वेदर राडार स्थापना भएको हो।

विश्व बैंकको करिव ३० करोड रुपियाँको आर्थिक सहयोगमा यो केन्द्र स्थापना गरिएको हो।

देशभरीको मौसमी विवरण उपलब्ध गराउन कम्तीमा ३ ठाउँमा आवश्यक पर्ने भएकाले पाल्पा र उदयपुरमा राडार केन्द्र स्थापनाको प्रक्रिया अघि बढाइएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजु कुमार वैद्यले जानकारी दिएका छन्।





Comments

comments

Leave a Reply

26560