सरकारी खर्चमा मस्तीः जोडी बाँधेर भ्रमणमा, जन्मदिन र विवाह वर्षगाँठ मनाउन व्यस्त

धरान – धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने प्रस्ताव गर्यो ।

छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो । बैठकले सात जना गान्तोक जाने सिफारिस गर्यो । कार्यवाहक मेयर मञ्जु भण्डारी भने ३० जनाको टोली लिएर गइन् । तर, उनीहरु पदाधिकारीको जन्मदिन र व्यवसायीको वैवाहिक वर्षगाँठ मनाउन व्यस्त छन्।

धरान उपमहानगरपालिकामा केही समययता बजेट दुरुपयोग बढेको समाचार आइरहेका छन् ।

त्यसैलाई पुष्टि गर्नेगरी वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाको जन्मदिन गान्तोकमा मनाइएको छ । उनले जन्मदिन मनाएको तस्बिर फेसबुकमा राखेका थिए।

कार्यवाहक मेयर भण्डारीको नेतृत्वमा बुधबार धरानबाट हिँडेको टोलीमा प्रशासकीय अधिकृत खतिवडा, अन्य जनप्रतिनिधि, यातायात व्यवसायी, कलाकार र पत्रकारसमेत छन्।

गान्तोकसँग भगिनी सम्बन्ध कायम गर्न गएको टोली जन्मदिन मनाउन व्यस्त भएको खबरपछि तीव्र आलोचना भइरहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

26577