३५ करोड बराबरको सर्पको विषसहित पक्राउ

भद्रपुर। करोडौंको मूल्य बरावरको विषालु सर्पको बिषसहित नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । नेपाल–भारतको सीमा नाका झापाको काकँडभिट्टा नाकाबाट भारतर्फ बिषालु सर्पको बिष तस्करी भइरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेको हो।

काँकडभिट्टासँग जोडिएको भारतको पश्चिम बङ्गाल, दाजिलिङ् जिल्लाको पानीट्यङ्की बजारबाट भारतीय एसएसबी ४१ बी वटालीयनका इन्स्पेक्टर विजय कुल्लुको नेतृत्वको एसएसबीको टोलीले भारतीय ३५ करोड रुपैयाँ मूल्य बराबरको सर्पको बिषसहित झापा बुद्धशान्ति गाउँपालिका ४ का अन्दाजी ४९ बर्षीय बल वहादुर यावालाई पक्राउ गरेको जनाएको छ।

उनलाई विहीबार दिउँसो भारतको पानीट्याङ्की बसपार्क नजिकैबाट पक्राउ गरेको हो । बलबहादुरले सिसाको ठूलो भाँडोभित्र राखेको लगभग दुई पाउन्ड सर्पको बिष एसएसबीले बरामद गरेको थियो । नेपालबाट सर्पको बिष भारततर्फ तस्करी भइरहेको गोप्य सूचनाको आधारमा बलबहादुरमाथि शङ्का लागि चेकजाँच गर्दा सर्पको बिष फेला परेको भारतीय प्रहरीले जनाएको छ।

यस बिषयमा सोधपुछ गर्दा उनले नेपालबाट सर्पको बिष ल्याएको स्वीकारेका छन् । उनले ल्याएको सर्पको बिष पानीटङ्याकीमा एक जनालाई दिन आएको र अरु केही थाहा नभएको एसएसबीलाई बताएको जनाइएको छ । एसएसबीले सर्पको बिषसहित पक्राउ परेका बलबहादुरलाई खोडीबारी पुलिसलाई जिम्मा लगाइसकेको छ । खोडीवारी थानाध्यक्ष नीलम कुजुरका अनुसार बिषसहित पक्राउ परेका बलबहादुरलाई सिलीगुडी अदालतमा पेश गरी कानुनी कारबाही शुरु गरिसकेको बताए।

सर्पको बिष विभिन्न औषधि बनाउन काम लाग्ने चिकित्सकले जनाएका छन् । क्यान्सर, मुटु रोगी, रक्तचाप जस्तो रोगको औषधि बनाउन प्रयोग गरिने उनिहरुको भनाइ छ । अर्को तर्फ ठूला पैसा वालाको भोज वा पार्टीमा बिषलाई नशाका लागि पनि प्रयोग गरिन्छ । एक चुटकी बिषको मूल्य ५० हजारदेखि एक लाखसम्म पर्छ । त्यसैले सर्पको बिषको माग अहिले बजारमा उच्च रहेको जानकारहरु बताउँछन्। नेपाल समाचारपत्रमा खबर छापिएको छ।





Comments

comments

Leave a Reply

27042