अन्ततः मूलधारको राजनीतिमा आउने सिके राउतको घोषणा

काठमाडौं – पृथकतावादी आन्दोलन गर्दै आएका सिके (चन्द्रकान्त) राउत सर्वोच्च अदालको आदेशमा थुनामुक्त भएको चौबीस घन्टा नबित्दै मूलधारको राजनीतिमा समाहित भएका छन्।

गत ६ वर्षदेखि तराई मधेसलाई अलग्गै राज्य बनाउनुपर्ने मागसहित पृथकतावादी आन्दोलनको नेतृत्व गर्दै आएका राउतले सरकारसँग शुक्रबार ११ बुँदे सहमति गर्दै आफू मूलधारको राजनीतिमा आएको घोषणा गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतबीच ११ बुँदे सहमति भएको हो। सहमतिपत्रमा गृहमन्त्री थापा र राउतले हस्ताक्षर गरेका छन्। अर्धभूमिगत राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन सहमतिपत्रमा हस्ताक्षरसँगै खुला राजनीतिमा आएको खबर नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

27229