गुरुङ चलचित्र “सबन मु”को टिजर रिलिज

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा। २०३६ सालदेखि २०४६ साल अवधिको राजनीतिक परिवर्तन र गुरुङ समुदायमा परेको प्रभाव कथामा आधारित गुरुङ चलचित्र “सबन मु” पोखरामा टिजर रिलिज भएको  छ।

सम्पादनको अन्तिम चरणसँगै प्रदर्शनको तयारी रहेको भकारी इभेन्टस प्रालिले पत्रकार सम्मेलन गरी पोखरा १० अमरसिंहचोकस्थित लेकाली चुलोमा टिचर रिलिज गरेको हो। उक्त टिजर ४१ सेकेण्डको रहेको छ।

पत्रकार सम्मेलनमा बोल्नुहुदै चलत्रिका लेखन÷निर्देशक कृष्णकुमार गुरुङले बैशाखको २१ गते पोखराको मिटटाउनमा भव्य कार्यक्रमसँगै प्रिमियर शो गर्ने बताउनुभयो। उहाँका अनुसार प्रिमियर शोका लागि विभिन्न १७ वटा संघ संस्था, समाजहरु आयोजक रहने भएको छ।

भकारीको प्रस्तुति नवौं गुरुङ चलचित्र “सबन मु” चैत्रको पहिलो हप्तामै चलचित्र बोर्डमा सेन्सरमा जाने तयारी गरिरहेको बताउनुहुदै निर्देशक गुरुङ चलचित्र राम्रो वा नराम्रो कस्तो निर्माण भएको छ प्रतिक्रियाका लागि आग्रह गर्नुभयो। उहाँका अनुसार हालसम्म पोखरा, लेखनाथ, दमौली, चितवन, नवलपरासी, बेशीशहर, गोरखा, कुश्मा, कास्कीको नयाँपुल, स्याङ्जा, बुटवल, काठमाडौं र बिदेशमा हङकङ, कोरिया, बेल्जियम, कतारमा प्रर्दशनका लागि तयारी भएकोछ।यस्तै गरी यके, अमेरिका, जापान लगायतका देशहरुका प्रदर्शनका लागि पहल भईरहेको बताउनुभयो।

चलचित्रमा २०३६ देखि एक दशकको समयावधिमा गुरुङ समुदायमा परेको सामाजिक प्रभावका ९५ प्रतिशत कथावस्तु र ५ प्रतिशत प्रेमकथा रहेको निर्देशक गुरुङले बताउनुभयो।चलचित्र उक्त दशककै कथा र परिवेश प्रस्तुत गरिने उहाँको दावी थियो।

चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा अध्यक्ष रेम बिकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा निर्देशक गुरुङले पर्वत जिल्लाको देउपुर र लाङदी गाँउमा छायाँकंन गरिएको चलचित्र २ घण्टा ३१ मिनेटको रहने बताउनुभयो। उहाँले चलचित्रमा सकेसम्म बढी टिप्पणी गरिदिए आगामी दिनमा दर्शक, समिक्षकबाट आफुले पनि धेरै सिक्ने अवसर पाउने भन्दै कमि, कमजोरी केलाइदिनका आग्रह गर्नुभयो।

गुरुङ चलचित्रहरु दर्शक सामु पुग्न नसकेका कारण बजार साँगुरो बन्दै गएकाले प्रचार प्रसारका लागि पत्रकारहरुलाई सहयोगको निम्ती अनुरोध गर्दै निर्देशक कृष्णकुमार गुरुङले मुलधारको चलचित्रहरुले गुरुङ समुदायका विषयवस्तु उठान नगरेकै कारण आफुहरु विविधताभित्रको राष्ट्रियता बलियो बनाउन गुरुङ चलचित्र निर्माणमा जुटेको बताउनुभयो।

कुनै बेला गुरुङ चलचित्रले हङकङबाट मात्रै अठार लाखसम्मको व्यापार गरेकोमा अहिले समुदायको माया पाउदा पाउदै बजार निकै खस्केकोमा चिन्ता व्यक्त गर्नुभयो। अबको ५–७ वर्षमा नेपाली मुलधारको चलचित्रले जस्तै हलमा नियमित प्रदर्शनका लागि गुरुङ चलचित्रले स्थान बनाउने दावी उहाँको थियो। नेपाली चलचित्र भन्दा समुदायको मया, अपनत्वकै कारण गुरुङ चलचित्र केही सुरक्षित रहेको बताउनुहुदै नेपालमा चलचित्र समिक्षक समाजको अभाव रहेको निर्देशकको भनाई थियो।

सवन मु चलचित्र भदौ  २९ गते  पर्वतको  देउपुरबाट छायांकन शुरु गरी ल्होछारमा प्रदर्शन गर्ने लक्ष्य राखे पनि विविध कारण केही ढिलाई भएको उहाँको भनाई थियो।

विसं.२०३६ सालदेखि २०४६ सालको  जनआन्दोलनसम्मको  नेपाली राजनीति, राज्यव्यवस्थाले  गुरुङ बस्तीमा परेको  मनोबैज्ञानिक प्रभावको  चित्रण रहेको चलचित्रको  लेखन÷निर्देशन कृष्णकुमार तमु, सहनिर्देशक निकोलस तमु,  छायांकन प्रकास तमु कास,  कलाकारहरु डिवी तमु,  राजेन्द्र थापा,  विष्णु तमु,  गल तमु,  अमिर  तमु,  तारा तमु,  कमल भुजेल र  विमल जिसीको  अभिनय रहेको  छ। चलचित्रमा नयाँ प्रस्तुतिको  रुपमा नायक विश्वात्मा तमु र  नायिका मिस तमुस्यो  २०१६ निशा तमु रहेको ।

रामबहादुर  तमु(पोखरा), दिपा तमु(हङकङ) र प्रेमबहादुर तमु निर्माता रहेको  चलचित्रको  प्रोडक्सन कन्ट्रोलरमा पुर्ण तमु र  अनिता तमु,  निर्माण व्यवस्थापकमा मिनु तमु  र  सपना तमु,  कार्यालय सहायकमा श्रुतिका तमुले  जिम्मेवार  निर्वाह गर्नुभएको छ।

करिब २५ लाखमा निर्माण सम्पन्न हुने  चलचित्रमा समावेश गरिएको  चौबन्दी सानो भयो रेलिमै… लगायत तीनवटा गीत समावेश गरिएको छ। चलचिका गीतहरका मेलिना राई , शान्ति तमु, शरुण तमु र पुनम तमुको  स्वर रहेको  छ भने  तेजेन्द्र तमु,  धनबहादुर  तमु र  साहस शाक्यको  संगीत संयोजन रहेको  छ। यी तीनै वटा गीतको  रचना एवं संगीत कृष्णकुमार  तमु र नृत्य निर्देशन पवित्रा तमुले गर्नुभएको भएको  छ । सबन मु चलचित्रमा कला निर्देशक रमेश तमु र  श्रृंगारतर्फ  राजु वाइबा रहनुभएको छ।





Comments

comments

Leave a Reply

27248