प्राविधिक गैरसैनिक पनि शान्ति मिसनमा जान पाउने

काठमाडौं – सरकारले प्राविधिक गैरसैनिक व्यक्तिलाई पनि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी गराउन सकिनेगरी कानुनी व्यवस्था ल्याएको छ।

कम्युटर तथा मेकानिकल सेवामा सैनिक सेवा प्रवेश गर्नेको रुचि क्रमशः घट्दै गएको निष्कर्षसहित रक्षा मन्त्रालयले ‘विशेष ट्रेड’ सेवाअन्तर्गत गैरसैनिकलाई मिसनमा सहभागी गराउन सकिने प्रावधानसहितको ‘शान्तिसेना छनोट कार्यविधि–२०७५’ जारी गरेको खबर नागरिक दैनिकमा मातृका दाहालले समाचार लेखेका छन्।

सरकारको यो निर्णयसँगै गैरसैनिक दक्ष जनशक्ति पनि नेपाली सेनासँगै राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुन पाउने बाटो खुलेको हो । यद्यपि सेनाले छनौट गरेका गैरसैनिकको नाम रक्षा मन्त्रालयबाट अनुमोदन हुनुपर्ने छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले सेनामा प्राविधिक सैनिक अभाव भए गैरसैनिकलाई करारमा लिएर मिसनमा पठाउन सकिने नयाँ व्यवस्था ल्याइएको स्पष्ट पारे । प्रवक्ता ढकालले अपरेटर, मेकानिक्स, ड्राइभर, प्लम्बर, कार्पेन्टरलगायत प्राविधिक क्षेत्रका दक्ष जनशक्ति अभाव हुन नदिन गैरसैनिक व्यक्तिलाई शान्ति मिसनमा लैजान मिल्नेगरी कानुन तर्जुमा गरिएको बताए।





Comments

comments

Leave a Reply

27316