मधेस झरेपछि किन मौन छन् सिके राउत?

काठमाडौं – सरकारसँग ११ बुँदे सहमति गरेको दोस्रो दिनै डा. सिके राउत मधेस झरे। तर, मधेस झरेको डेढ हप्तासम्म उनी सार्वजनिक रुपमा केही बोलेका छैनन्। सञ्चारकर्मीलाई प्रतिक्रिया दिन पनि अस्वीकार गरेका छन्। किन मौन छन् राउत?

राजनीतिक विश्लेषक तथा लेखक सिके लाल राजनीतिक असमन्जस्यताका कारण राउत मौन रहेको विश्लेषण गर्छन् । ‘अहिले उनले जे बोले पनि त्यो उनकै विरुद्धमा प्रयोग हुन सक्छ,’ विश्लेषक लाल भन्छन्, ‘राज्यका विरुद्धमा बोलौँ भने समर्थक उनीविरुद्ध आउन सक्छन्, समर्थकको पक्षमा बोलौँ राज्य उनका विरुद्धमा आउन सक्छ । सिके राउत अहिले असमन्जसमा परेका छन्।’

मधेस झर्ने दिन भने राउतलाई उनका कार्यकताले तामझामसहित स्वागत गरेका थिए । उनी आन्तरिक रुपमा विभिन्न राजनीतिक कार्यक्रममा सहभागी भइरहेका छन्। नयाँ पत्रिकामा दिपेश शाहीले समाचार लेखेका छन्।





Comments

comments

Leave a Reply

27412