फेरि द्वन्द्वको खतरा

नेकपा माओवादी विप्लव समूहसँग फेरि द्वन्द्वको खतरा बढेको छ । नेकपा माओवादी विप्लव समूहको आपराधिक क्रियाकलापमा सरकारले प्रतिबन्ध लगाएसँगै उनीहरुले प्रतिरोधमा उत्रने चेतावनी दिइरहेका छन्।

हामीलाई सरकारले प्रतिबन्ध लगाए हामी पनि अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिबन्ध लगाउने भन्दै उद्घोष गरेका छन्।

विप्लव माओवादीको गतिविधि निगरानी गर्दै सुरक्षाकर्मी गाउँ–गाउँ प्रवेश गरेका छन् । भूमिगत शैलीमा विप्लव समूहले पनि विभिन्न कार्यहरु गर्दै आएका छन् । चन्दा आतंक मच्चिसकेको छ । चन्दा नदिए विकास निर्माणका काम रोक्ने चेतावनीसहित विप्लव माओवादीले धम्की दिइरहेको छ । ठाउँ–ठाउँमा सुरक्षाकर्मीसँग गोली हानाहानको अवस्था आइरहेको छ । प्रहरीले विशेष सर्च गरेर विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ । सरकारले अवैध हतियार बुझाउन सूचना जारी गरे पनि उनीहरुले अझै हतियार बुझाएका छैनन्।

यसअघि हाम्रो मुलुक माओवादी १० बर्से सशस्त्र द्वन्द्वको चपेटामा परिसकेको छ । यो द्वन्द्वमा १७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । कैयौं घाइते भए भने कैयौं अझै पनि बेपत्ता छन् । शान्ति प्रक्रिया अझै टुंगोमा पुगिसकेको छैन । शान्ति प्रक्रियाको महत्वपूर्ण पाटो सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्नुपर्ने काम अझै सम्पन्न भइसकेको छैन। नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

27418