‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो हुने, प्रथम हुनेलाई नगद ७० लाख

रघु सापकोटा / एचकेनेपाल डट कम –

काठमाडौँ: एन्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ।

गायन नृत्य तथा अन्य प्रतिभालाई समेटेर गर्न लागिएको रियालिटी शोको आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि सम्पूर्ण जानकारी गराइयो।

नेपालको विभिन्न स्थानमा लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने गरी ‘नेपाल हिरो अफ ट्यालेन्ट’ गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपाली प्रतिभालाई व्यवसायीकरण मात्र नभईकन ब्यबस्थापनका साथ संरक्षण गर्न र सबै प्रतिभालाई मनोरंजनका साथ टेवा पुर्याउने बिश्वब्यापी प्रचार प्रसारमा एन्जल मिडिया लागि परेको छ।

नेपालका सातै प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधित्व हुने गरी १४ वटा मुख्य स्थानमा अडिसन गराई १० हजार जनालाई अडिसनमा सहभागी गराइने कार्यक्रममा जानकारी दिइयो । अडिसनबाट छनोट भएकालाई काठमाडौँ बोलाएर जर्ज राउण्डबाट भोटिंग राउण्डमा प्रवेश गराई भोटिंग राउण्डबाट नै प्रथम द्वितीयको छनोट गरिने छ । प्रथम हुनेलाई नगद ७० लाख द्वितीय हुनेलाई २० लाख र तृतीय हुनेलाई नगद १० लाख प्रदान गरिनेछ।

कार्यक्रममा गायक आनन्द कार्की, संगीतकार ओम प्रकाश राई र अभिनेत्री एलिना बास्कोटा निर्णायक रहेका छन्। कार्यक्रम मेघा टेलिभिजन मार्फत प्रशारण हुनेछ। चैत्र २५ गतेबाट अडिसन सुरु हुनेछ । पत्रकार सम्मेलनमा कार्यक्रमको आयोजक प्रेम श्रेष्ठ निर्णायक आनन्द कार्की, निर्णायक एलिना बास्कोटा, मेघा टेलिभिजनका प्रतिनिधिले आआफ्नो मन्तब्य राखेका थिए।





Comments

comments

Leave a Reply

27490