कस्टमेटिक साइन्सलाई नेपालमा भित्र्याउदै परिशी

परिशी काररंजित

बरिष्ठ सौन्दर्यबिद आमा सोनी काररंजितको प्रेरणाबाट भारतमा बसेर कस्टमेटिक साइन्स अध्ययन गर्दै गरेकी सम्भबत नेपालको नै पहिलो कस्टमेटिक साइन्स पढ्ने विद्यार्थी हुन् परिशी काररंजित।

परिशी काररंजित

आफ्नो उमेर २ बर्षदेखि नै बरिष्ठ सौन्दर्यबिद आमा सोनी काररंजितले ब्युटी पार्लर सम्बन्धी काम गर्दै आएको र आफूलाई पनि सानैदेखि सौन्दर्यबिद बन्ने चाहना भएको हुँदा अहिले मेहनतका साथ परिवारबाट टाढा भएर बिदेशी भूमिमा बसेर कस्टमेटिक साइन्स पड्दै गरेको उनी बताउंछिन्।

परिशी काररंजित

रोज सिप बिकाश तालिम केन्द्रको म्यानेजिङ डाइरेक्टरसमेत रहेकी परिशी काररंजित एक कुशल मोडल समेत हुन्। उनले विभिन्न म्युजिक भिडियोमा अभिनय गर्नुको साथै फेसन सोहरुमा आफ्नो कला प्रदर्शन गरिसकेकी छिन्।

परिशी काररंजित

नेपालमा सौन्दर्य क्षेत्रमा राम्रो भबिष्य भएको हुँदा संगैका साथीहरु अस्ट्रेलिया अमेरिकाहरुमा अन्य विभिन्न बिषय अध्ययन गर्न जादा आफू भने कस्टमेटिक साइन्स पढेर भोलिको दिनमा आफ्नै देशमा आएर केही गर्न तथा सौन्दर्य क्षेत्रमा नयाँ आयाम थपेर नेपालको विश्व बिद्यालयमा समेत पाठ्यक्रम राखी नेपाली महिला तथा पुरुषहरुलाई आत्मनिर्भर बनाउन कस्टमेटिक साइन्स पढेको उनी बताउछिन्।

परिशी काररंजित

मास्टर डिग्री गर्न अझ २ बर्ष लाग्ने र त्यसपछि नेपालमा नै आएर सौन्दर्य क्षेत्रमा लाग्ने सोच भएकी परिशी फुर्सदमा मोडलिङ गर्ने लक्ष्य रहेको जानकारी गराउंछिन्। घर परिवार तथा बिशेष गरी आमा बरिष्ठ सौन्दर्यविद सोनी काररंजितको इच्छा चाहनाले कस्टमेटिक साइन्स पढ्दै गरेकी परिशी नेपालमा नयाँ नयाँ कस्ट्मेटिक सामानहरु उत्पादन गर्ने र नेपाली बजारलाई अन्तर्राष्ट्रिय बजारमा बिस्तार गर्ने सोचमा छिन्।

परिशी काररंजित




Comments

comments

30279