मेलम्चीका हाकिम ट्याकंर व्यवसायी, मेलम्ची आउने अनिश्चित

फाईल फोटो

सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५।

तर खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रुपमा ठेकेदारलाई भगाए। आयोजनाले ठेकेदारलाई दिनै पर्ने भुक्तानी नदिएर भगाइएको थियो।

ठेकेदारले काम छाडेको सात महिनासम्म कुनै काम सुरु भएको छैन । अझै मेलम्ची कति वर्षपछि आउँछ त्यो निश्चित छैन । मेलम्चीमा पानी उपत्यकामा नआए पनि ट्याकंर र जारबाट पानी आफूर्ति गर्दै आएका व्यापारीलाई भने दीर्घ लाभ प्राप्त हुँदै आएको छ।

आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल आफैँ बोलत, जार र ट्याकंरबाट विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पानी आपूर्ति गर्ने उद्योग चलाएर बसेका छन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा विकास थापा र सुरेन्द्र काफ्लेले लेखेका छन्।





Comments

comments

Trending Now : चीनले शुरु गर्यो नेपाल चीन रेलमार्ग बनाउन..., रेलमार्गको दूरी ५४० किलोमिटर हुने
30660