धरानका राहुल अग्रवाल भए फेस अफ मारवाडीको बिजेता

विजेता राहुल

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, शनिबार राति काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न मिस्टर एण्ड मिस फेस अफ मारवाडीको दोश्रो संस्करणको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरी जजहरुको मन जितेर धरानका राहुल अग्रवाल मिस्टर फेस अफ मारवाडी र काठमाडौँकी निशा अग्रवाल मिस फेस अफ मारवाडीको बिजेता बन्न सफल भएका छन्।

विजयीपछि फोटो क्लिक

दुबैले फेस अफ मारवाडीको टाइटल संगै रु ५० हजार नगदसंगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। फेस अफ मारवाडीको दोस्रो सिजनमा ८ जना युवक र ८ जना युवती गरी १६ जना प्रतिस्प्रधी रहेका थिए।

राहुल अग्रवाल मिस्टर फेस अफ मारवाडी

धरानको दिल्ली पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत १७ बर्षीय राहुल अग्रवालले मिस्टर फोटोजेनिकको टाइटलसमेत जितेका छन्। त्यस्तै काठमाडौँकी सिम्रन साबू र शिवम अग्रवालले फर्स्ट रनर अपको टाइटलसंगै ३० हजार नगद र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् भने बिराटनगरकी सुनिता बर्मा र काठमाडौँका अजय खंडेलवालले सेकेन्ड रनर अपको टाइटलसंगै २० हजार नगद र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। पोपुलर फेस अफ मारवाडीको टाइटल भने हर्सिता पंचारिया र निपेश जजोडियाले जितेका छन्।

विजेताहरु

मारवाडी समुदायको युवा युवतीको व्यक्तिव विकास गरी मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्दै विकास र विस्तार गर्ने उद्देश्यका साथ पेज थ्री सर्भिसको आयोजनामा सम्पन्न फेस अफ मारवाडीको फिनाले चर्चित इन्डियन टिभी होस्ट करन कुन्द्रा र सिर्जना रेग्मीले संचालन गरेका थिए भने मिसेज इंडिया अर्थ २०१७ श्वेता चौधरी, ब्युटिसियन रुक्शा बैद्य श्रेष्ठ, डा. प्रमोद अग्रवाललगायतका निर्णायकहरु रहेका थिए।





Comments

comments

30848