पाम आयल निकासी आठ गुणा बढ्यो

फाईल फोटो

मुलुकमा उत्पादन नै नहुने तथा मूल्य अभिवृद्धि (भ्यालु एड) पनि न्यूनमात्रै हुने पाम आयलको निर्यातले भने हरेक महिना नयाँ रेकर्ड राख्न थालेको छ।

बुधबार सार्वजनिक भएको नेपाल राष्ट्र बैंक तथा भन्सार विभागका छुट्टाछुट्टै तथ्याकंअनुसार पाम आयलको निकासी करिब आठ गुणाले बढेको छ।

गत आर्थिक वर्षभरी १० अर्ब रुपैयाँको निर्यात भएको पाम आयल यो वर्षको चार महिनामै सवा ८ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको हो।

भन्सार विभागको तथ्याकंअनुसार चालू आवको पहिलो महिनामा १ अर्ब ७५ करोड ५६ लाख ९० हजार रुपैयाँको निर्यात भएकोमा चार महिनासम्म आइपुग्दा आठ गुणाले बढेर ८ अर्ब ३६ करोड ८५ लाख ८ हजार रुपैयाँको निर्यात भएको छ । यो समाचार आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन्।





Comments

comments

33115