दुई सय ट्रक एक महिनादेखि केरुङमै..

फाइल फोटो

चीनबाट फलफूल बोकेर आएका दुई सय ट्रक रसुवाको केरुङ नाकामा एक महिनादेखि रोकिएका छन्।

चीनमा देखिएको कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सरकारले केरुङ नाका बन्द गरेसँगै फलफूल लिएर आएका ट्रक अलपत्र परेका हुन्।

नाका बन्द भएपछि फलफूल, लत्ताकपडालगायतका अन्य सामान बोकेर आएका गाडी नाकामा रोकिएका छन्। फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले स्याउ र लसुन बोकेर आएका दुई सय ट्रक एक महिनादेखि लिने ? भन्दै प्रश्न गरे । लामो समयसम्म सामान नाकामा रोकिँदा नष्ट हुने भएकाले जतिसक्दो सामान छुटाउनका लागि पहल गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको व्यवसाष्ीको भनाई छ। यो खबर कोरोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन्।





Comments

comments

34676