हङकङमा कोरोनाबाट २४ घण्टामा ४ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ जुलाई। कोविड १९ (कोरोना) संक्रमणबाट हङकङमा २४ घण्टाभित्र चार जना विरामीको मृत्यु भएको छ।

यससंगै हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।

आइतवार राति ७६ वर्षीया महिला र सोमबार बिहान ९२ वर्षीय पुरुषको क्वीन एलिजाबेथ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

फाइल फोटो

त्यसैगरी, सोमवार बिहान क्वीन मेरी अस्पतालमा एक र दिउँसो यूनाईटेड क्रिश्चियन अस्पतालमा एक जना गरी दुई जना कोरोना संक्रमित विरामीको मृत्यु भएको अस्पतालले जनाको छ।

हङकङमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २,७७९ पुगेको छ। कोरोना संक्रमितहरुमा १,४८६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १,०१४ जनाको उपचार भइरहेको छ। ३८ जना कोरोना सङ्क्रमित विरामीको अवस्था ‘क्रिटिकल’ रहेको जनाइएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37799