बन्दकर्ताद्वारा तोडफोड र आगजनी

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ६ माघ। बन्दकर्ताहरूले राष्ट्रिय दैनिक पत्रिका बोक्ने गाडी, ट्रक, माइक्रो र नगरबस तथा सवारी साधानहरूमा तोडफोड र आगजनी गरेका छन्।


चितवनमा आगजनी

बन्दकर्ताहरूले कान्तिपुर र अन्नपूर्ण पोष्टका पत्रिका बोक्ने गाडीहरूमा तोडफोड र आगजनी गरेका छन्। सिरहाको मिर्चैयामा ‘आगो लगाउनु भन्ने आदेश छ’ भन्दै कान्तिपुर पब्लिकेसन्सको गाडीमा आगजनी गरेका छन्।

पत्रिका लिएर जाँदै गरेको बा३च ५८५० नम्बरको गाडी रोकेर आगजानी गरेको बताइएको छ। त्यस्तै, अन्नपूर्णको क१च ८२४४ नं.को पत्रिका बोक्ने गाडीमा तोडफोड गरेका छन्। बन्दकर्ताहरुले सभासद चित्रबहादुर केसी चढेको गाडीमा बबरमहल नजिकै आक्रमण गरेर सीसा तोडफोड गरेका छन्।


कान्तिपुरको गाडी

बन्दकर्ताले काँककडभिट्टामा अदुवा बोकेको ट्रकमा तोडफोड गरेको छ। नम्बर खुल्न नसकेको भारतीय सवारी साधनमा पनि तोडफोड गरेका हुन्। बन्दकर्ताले चितवनमा २ वटा ट्रकमा र बबरमहल नजिकै बा३०प १३६४ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन्।

देशका विभिन्न ठाउंहरूमा बन्दको प्रतिकार गर्दै जनता सडकमा उत्रेका छन्। धनगढी, डलेलधुरा, कोहलपुरमा बन्दको विरोधमा र्‍याली निकालेका छन्। राजधानीको माइतीघरमा बन्दको विरूद्ध र्‍याली भएको छ।


पोखरामा एक दर्जन सवारी–साधानमा तोडफोड, माइक्रो र नगरबसमा आगजनी भएको छ। तस्वीरहरूः इमेज च्यानल





Comments

comments

3870