द पो लियुङ कुकद्वारा अग्नी पीडित नेपाली परिवारलाई आर्थिक सहयोग

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ नोभेम्बर। हङकङका परोपकारी संस्था द पो लियुङ कुकले हङकङ अग्नी पीडित नेपाली परिवारलाई ५० र ३० हजार हङकङ डलरका दरले सहयोग गर्ने निर्णय गरेको छ।

संस्थाले आगलागीको दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतक र घाइतेहरूको परिवारप्रति गहिरो संवेदना व्यक्त गरेको छ साथै घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

संस्थाले यसका कोषमार्फत प्रत्येक मृतकका परिवारलाई ५० हजार हङकङ डलर र घाइतेहरूलाई उनीहरूको तत्काल आवश्यकताहरू कम गर्न ३० हजार हङकङ डलर वितरण गर्ने निर्णय गरेको छ। संस्थाले आगलागीबाट प्रभावित भवनका बासिन्दालाई पनि सहयोग प्रदान गर्ने जनाएको छ।

अग्नी पीडित एक नेपालीलाई उद्धार गर्दै हङकङ प्रहरी

यसअघि हङकङका परोपकारी संस्था सिक सिक युनली का शिंग फाउन्डेसनले मृतकका परिवार र घाइतेहरूलाई आर्थिक सहयोग उपलव्ध गराउने घोषणा गरेका थिए।

नोभेम्बर १५ तारिख आइतवार साँझ जोर्डनको क्यान्टोन रोडस्थित नेपाली रेष्टुरेण्ट जीरे खुर्सानीमा भीषण आगलागी हुंदा ७ जना नेपालीको मृत्यु र ११ जना घाइते भएका थिए। सोही घटनामा गम्भीर घाइते भएकी १८ वर्षीया युवतीको शुक्रवार राति मृत्यु भएपछि आगलागीबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

अस्पताल स्रोतले घाइतेमध्ये दुई महिला र दुई पुरुषको अवस्था अझै गम्भीर रहेको जनाएको छ। अन्यको अवस्था स्थिर रहेको जनाइएको छ।

लाइभ भिडियो हेर्नुहोस्

भिडियोः जगतअम्बु गुरुङ / HKNepal.com





Comments

comments

39385