हङकङ आगलागीमा ज्यान गुमाएका नेपाली बाबुछोराको अन्त्येष्टि…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ नोभेम्बर। हङकङ आगलागीमा ज्यान गुमाएका बाबुछोरा रामबाबु नेपाल र रायनको आइतवार दिउंसो अन्त्येष्टि गरिएको छ।

जन्मदिवसको पार्टी र दीपावली मनाउंने क्रममा आगलागी हुंदा ज्यान गुमाएका रामबाबु नेपाल र रायन नेपालप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न हुङ होमस्थित फ्युनरल पार्लरमा सयौं हङकङेली नेपाली भेला भएका थिए।

अब तस्वीर र सम्झनामा मात्र

नेपालका परिवार, आफन्त, नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरुसहित सयौं हङकङेली नेपालीले भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दै नेपाल र छोरालाई अन्तिम विदाई गरेका थिए।

नेपाल र उनका छोराको पार्थिव शरीरलाई चाई वानस्थित दाहसंस्कार स्थलमा अन्त्येष्टि गरिएको छ।

नोभेम्बर १५ तारिख साँझ जोर्डनको क्यान्टोन रोडस्थित नेपाली रेष्टुरेण्ट जीरे खुर्सानीमा भीषण आगलागी हुंदा ३८ वर्षीय राजबाबु नेपाल र नेपालका ९ वर्षीय छोरो रायनसहित ८ जनाको ज्यान गएको थियो।

दुर्घटनामा १० जना घाइते भएका थिए।

हङकङ आगलागीमा ज्यान गुमाएकी अनिताको अन्त्येष्टि…

.
.
.

फोटोः जगतअम्बु गुरुङ / HKNepal.com





Comments

comments

39461