कतारमा गुल्मेली वनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न

कुमार अविरल पन्थी / एचकेनेपाल डट कम –
कतार। गुल्मी सेवा समाज कतारले २३ जनवरी २०१५ का दिन अलदोसरी गार्डेनमा सांस्कृति तामझामसहित विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तेस्रो बृहत बनभोज तथा सास्कृतिक कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष शिव खड्काको सभापतित्व रहेको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष टि.बी. कार्कीले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो।

एनआरएनए आईसीसी मध्यपूर्व उपसंयोजक पूर्ण केसी, एनआरएनए आईसीसी सदस्य उमेश अधिकारी, एनआरएन एनसीसी कतारका महासचिव विनोद भट्टराई, नेपाल पत्रकार महासंघ कतार शाखाका सचिव अजिज अलि, नेपाली जनसम्पर्क समितिका सभापति विमल सुवेदी, प्रवासी नेपाली मन्चका अध्यक्ष रामहरी गैरे,नेपाली जन प्रगतिसिल मञ्चका सचिव लाल भाट,कतार नेपाली एकता समाजका महासचिव खिम बुढा, प्रवासी श्रमिक संघका अध्यक्ष विकास परियार,अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डे, बाग्लुङ सेवा समाजका सह–कोषाध्यक्ष हिरा के.सी.,पर्वत सेवा समाजका सह सचिव यम ब. क्षेत्री,पाचथर सेवा समाजका पुर्व अध्यक्ष छविरमण कटुवाल, मोरङ सुनसरी सेवा समाजका अध्यक्ष टिएन बराल, भोजपुर सेवा समाजका अध्यक्ष जयकुमार राई,कास्की आदर्श सेवा समाजका अध्यक्ष आश ब. गुरुङ, अन्तरास्ट्रिय कलाकार मंचका अध्यक्ष भविन्द्र तामाङ,पाल्पाली सेवा समाजका कोषाध्यक्ष होम ब. बगाले,स्यांजा सहयोग समाजका उपाध्यक्ष धनन्जय लम्साल,तनहु सेवा समाजका सचिव दिल ब. रानाभाट,चितवन सेवा समाजका अध्यक्ष भूमिराज कार्की,दाङ देउखुरी सेवा समाजका प्रथम उपाध्यक्ष वसन्तराज पुरी,पाथीभरा ताप्लेजुङ सेवा समाजका अध्यक्ष लक्ष्मी कुमार गुरुङ,आई एम इ कतार प्रतिनिधि जितेन्द्र पाण्डे, ग्लोबल आईएमइ बैंक प्रतिनिधि दिपेन्द्र पौडेल,युवा समाज सेवी इश्वर काफ्ले,प्रेस चौतारी नेपाल शाखा कतारका अध्यक्ष नवराज बि क, पत्रकार चिरन्जीवी तिम्सिना, खगेन्द्र कार्की घनश्याम पराजुली,गल्फ टाईम्स प्रतिनिधि शिव राज गौतम लगायत विभिन्न संघ संस्थाका पदाधिकारी, बुद्धिजीवि, व्यवसायी, पत्रकारहरुको आतिथ्यतारहेको थियो।

विधिवत रुपमा झण्डोत्तन, पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान, मौनधारण समेत गरिएको थियो। कार्यक्रम संयोजक झबिन्द्र आचर्यले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो। साथै गुल्मेली गायक डोलराज परियारले प्रदेशीको पिडालाई समेटेर तयार पारिएको स्वागत गित प्रस्तुत गरेका थिए।

कार्यक्रममा पश्चिम नेपालमा लोकप्रिय मानिने पञ्चे बाजा सहितका विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो। गुल्मेली हास्य कलाकार सुरज बिसीले मेरी बास्सैका धुर्मुसको अभिनय गर्दै उपस्थित सम्पूर्णलाई हसाएका थिए। कार्यक्रममा गायिका इन्दिरा शाह, गायक बामदेव भाट,रित कुमार श्रेठ,मोहन शाह,सरद पाण्डे,सन्देश शर्मा, राम प्रसाद खनाल, डान्सर दिपक बुढा मगर लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले गुल्मेली तथा गैर गुल्मेलीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रममा खाजा र खानाको राम्रो प्रबन्ध गरिएको थियो। कार्यक्रमलाई समापन गर्दै सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति शिव खड्काले गुल्मी सेवा समाज कतारले हरेक वर्ष जस्तै आयोजना गरेको बनभोज तथा सास्कृतिक कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउनका लागि आ(आफ्नो ठाउबाट महत्वपूर्ण भूमिका खेल्नु हुने सम्पुर्णलाई विशेष आभार एवम धन्यवाद प्रकट गर्नु भयो। विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार, मिडियाकर्मी, बुद्धिजीवी,व्यवसायी लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएको छ। आगामी दिनहरुमा पनि निरन्तर सहयोग र सदभावको अपेक्षा राखेको बताउनु भयो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव कुमार अविरल र ओबी रायमाझीले गर्नु भएको थियो।





Comments

comments

3963