स्वीस बैंकमा पैसा लुकाएर राख्ने ६ नेपाली सरकारको सम्पर्कमा

काठमाडौं, चैत १३ – अवैध रुपमा सम्पत्ति आर्जन गरी स्वीस बैंकमा लुकाएर राख्ने नेपाली सरकारको सम्पर्कमा आउन थालेका छन्। सम्पत्ति शुद्दिकरण तथा अनुसन्धान विभागले छानविन सुरु गरेलगत्तै उनीहरु सम्पर्कमा आउन थालेका हुन्।

व्यवस्थापिका संसद्को अर्थ समितिले स्वीस बैंकमा सम्पत्ति लुकाएर राख्ने नेपालीको छानविन गर्न निर्देशन दिएपछि सम्पत्ति शुद्दिकरण तथा अनुसन्धान विभागले यस विषयमा छानविन सुरु गरेको थियो। विभागले छानविन सुरु गरेपछि स्वीस बैंकमा लगेर पैसा राख्ने नेपालीहरु सम्पर्कमा आउने क्रम सुरु सुरु भइसकेको विभागका महानिर्देशक केवलप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार विभागले सरोकारबावला सबै निकायसँगको समन्वय र सहकार्यमा छानविन सुरु गरेको हो। महानिर्देशक भण्डारीका अनुसार स्वीस बैंकमा पैसा राख्ने विभिन्न १२ नेपालीको खोजी तथा छानविन भइरहेकोमा हालसम्म ६ जनाको विवरण प्राप्त भएको समाचार आजको राजधानी दैनिकले छापृको छ। ती ६ जना नै विभागको सम्पर्कमा आइसकेको उनले बताए।

स्वीस बैंकमा पैसा राखेको चर्चामा आए पनि सम्पर्कमा आइनसकेका अन्य ६ जनाबारे अनुसन्धान भइरहेको र छिट्टै त्यसको यथार्थ पत्ता लाग्ने उनले बताए। सम्पर्कमा आइसकेका ६ नेपालीको नाम खुलाउन भने उनले चाहेनन्। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ स्रोतअनुसार सम्पर्कमा आउनेमा उद्यमी –व्यापारीको संख्या बढी छ। त्यसमा चर्चित उद्योगपतिहरुसमेत रहेको स्रोतले बतायो।





Comments

comments

4201