हङकङका युवाहरुबाट आर्थिक सहयोग

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान। नागरिक र प्रहरी बिच समन्वय गरी अपाराधिक गतिवित न्युनिकरण गर्ने उद्येश्ले स्थापिन सामुदायिक सेवा केन्द्रलाई हङकङकमा वसोवास गर्ने नेपाली युवाहरुले आर्थिक समहयोग गरेका छन्।

हकङक वसोवास गर्ने नेपालीयुवाहरुको संस्था नेप्लिज युथ अर्गनाईजेसन हङकङले केन्द्रलाई आर्थिक सहयोग गरेको हो।

केन्द्रले धरानको शान्ति सुरक्षासंगै चोरी डकैती, लागू औषध ओसारपोसार तथा कारोबार नियन्त्रणमा प्रहरी सगको सहकार्यमा महत्वपूर्ण भूमिका खेलको भन्दै अर्गनाइजेसनले सहयोग गरेको हो।

इलाका प्रहरी कार्यालय धरानको हाताभित्र स्थापना भएको सामुदायिक सेवा केन्दलाई अर्गनाईजेसनका उपाध्यक्ष नारद राईले नगद ६३ हजार ३ सय हस्तान्तरण गरेका थिए।

सामुदायिक सेवा केन्द्रको भवनमा भएको कार्यक्रममा केन्द्रकी कोशाध्यक्ष तारा शाक्यलाई अर्गनाइजेशनका उपाध्यक्ष नारद राईले हस्तान्तर गरेका हुन्। रकम हस्तान्तरणपछि बोल्दै अर्गनाइजेसकका उपाध्यक्ष राईले प्रहरी र नागरिकको सहकार्य बिना कुनै पनि काम गर्न नसकिने बताउदै धरानको शान्ति सुरक्षा, स्वास्थ्य र रोजगारका लागि आफ्नो संस्थाले निरन्तर सहयोग पु¥याउने बताए।

उनले केन्द्रले राम्रो काम गरेको कारण थप हौसल्लाको लागि सहयोग गरेको वताउदै राम्रो कामको लागि आफू तथा आफ्नो संस्थाले सधै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। कार्यक्रमका प्रमुख अथिति समेत रहका इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले नागरिक र प्रहरीबीच सहकार्य गरेर समाजमा भएका विकृति विसंगतिलाई हटाउने उद्देश्यले स्थापना भएको सामुदायिक केन्द्रले छोटो समयमै धेरै काम गरेको उल्लेख गर्दै निरन्तर सहकार्य गरेर अगाडि बढ्ने बताए।

उनले सहयोगले केन्द्र तथा प्रहरीलाई समेत राम्रो काम गर्ने प्ररणा मिलेको वताए। केन्द्रसंग मिलेर लागुऔषध नियन्त्रण सगै धरानको शान्ति सुरक्षा मजबुत बनाउन महत्वपूर्ण काम भएको जानकारी दिए।

केन्द्रका उपाध्यक्ष जयप्रकाश शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रका उपाध्यक्ष दिलिप श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा महिला संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा प्रहरीको उपस्थिति रहेको थियो।





Comments

comments

472