डा. गोबिन्द केसीको आन्दोलनप्रति कोरियावासीको समर्थन

कमला क्षेत्री / एचकेनेपाल डट कम –
द. कोरिया। चिकित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालयभित्र भैरहेको भ्रष्टाचार र चरम अनियमितताकाबिरुद्ध आमरण अनशनमा बसिरहेका डा. गोविन्द केसीको आन्दोलनप्रति कोरियाबासी नेपालीले समर्थन जनाएका छन्।

हाडजोर्नी बिषेशज्ञ त्रि.बि.बि.शिक्षण अस्पताल महाराजगञ्जमा अध्यापनरत एक सच्चा व्यक्तित्व डा.केसी अनसनप्रति समर्थन जनाउदै कोरियामा मैनबत्ती प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ|

सुवन क्षेत्र वरपरका ब्यापारी, बिद्यार्थी साथै अन्य युवाहरुको बाक्लो उपस्थितिमा तमुधिं. द. कोरियाका उपाध्यक्ष तथा स्वयम्भु रेष्टुरेण्ट संचालक बुद्धि गुरुङ, लिंक एसिया कम्पनीका संचालक आर.पी. देबकोटा, माउन्ट एभरेष्ट रेष्टुरेण्ट संचालक प्रेम गुरुङ, झापा मिलन समाजका सचिव सुशील मैनाली, अनिल नेपाल, युवा संचारकर्मी सपना सुनुवार, हिन्दुजगारण अभियानका सोमनाथ आचार्यलगायत आजु विश्वबिद्यालयका बिद्यार्थीहरुको बिशेष उपस्थिति रहेको थियो।

कमला के.सी.ले संचालन गरेको कार्यक्रममा डा.केसीको आन्दोलनबारे विजय गुरुङले जानकारी गराएका थिए। आर.पी. देबकोटा, अनिल नेपाल लगायतले सरकारको लापरबाहीको बिरोध गर्दै नेपाली जनता र नेपालप्रतिको अन्याय सह्य नहुने भन्दै डा.केसीको आन्दोलनप्रति एेक्यबद्धता प्रकट गरि डा. केसीको माग तत्काल सम्बोधन गर्न माग गरे। उपस्थित सबैले नेपालको नक्शांकित आकारमा राखिएको मैनबत्ती प्रज्वलन गरि एेक्यबद्धता प्रकट गरेका थिए।





Comments

comments

Leave a Reply

5362