भूकम्प पीडितको सहयोगमा जुट्यो सेफ एशोसियसन बेलायत

धर्मराज अधिकारी / एचकेनेपाल डट कम –
लन्डन । बेलायतलाई कर्मथलो बनाउंदै आएका नेपाली सेफहरुको पेशाागत संगठन नेप्लिज सेफ एसोसिएसन यूकेले नेपालको महाभूकम्प पीडितहरुको सहयोगका लागि सबैमा अपिल गरेको छ।

एशोसियसनका अध्यक्ष कृष्ण तिमिल्सिनाले अपिल गर्दै मुलुक विपतमा रहेको बेला आ आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन सम्पूर्ण सेफ तथा प्रवासमा रहेका नेपाली दाजुभाई दिदिवहिनीहरुलाई आव्हान गरेका छन्।

देश नै राष्ट्रिय संकटमा रहेको बेला मानवीय नाताले सहयोग पुर्‍याउनु सम्पूर्ण नेपालीको कर्तव्य भएको बताउंदै अध्यक्ष तिमिल्सिनाले यस्तो पवित्र कर्ममा हात फैलाउन आग्रह गरेका हुन्।

यसअघि आइतबार नेपाली दूतावास लण्डनमा आयोजित एक आकस्मिक भेलामा अध्यक्ष तिमिल्सिनाले आफ्नो तर्फबाट करीब पांचलाख रुपैयां पीडितहरुलाई दिने घोषणा गरेका थिए।

उनले सेफ एशोसियसन युकेको HSBC Bank: NCA UK , Sort Code 40-22-30 A/C no. 31471287 मा रकम जम्मा गरी सहयोग पुर्‍याउन आग्रह गरेका छन्।

सेफ एशोसयसन युकेमा बेलायतलाई कर्मथलो बनाएका सयौं नेपाली सेफहरु आबद्ध छन्।





Comments

comments

Leave a Reply

6156